+
+

सामसुङको ग्यालेक्सी एस२१ एफई ५जी सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २९ गते १८:१९

काठमाडौं । सामसुङले ग्यालेक्सी एस २१ एफई ५जी बजारमा ल्याएको छ । ग्यालेक्सी एस २१ का प्रिमियम गुणयुक्त ग्यालेक्सी एस२१ एफई ५जी मोडल बजारमा ल्याएको हो ।

कम्पनीका अनुसार सार्वजनिक गरिएको उक्त मोबाइलमा नयनाभिराम डिजाइन, शक्तिशाली कार्यक्षमता, प्रो–श्रेणीको क्यामरा र कठिनाइरहित इकोसिस्टम सम्पर्क क्षमता उपलब्ध रहेको छ ।

‘ग्यालेक्सी एस२० एफईको लोकप्रियतालाई अनुशरण गर्दै ग्यालेक्सी एस२१ एफई ५जीलाई बजारमा ल्याएको सामसुङ मोबाइल नेपालका बिजिनेस प्रमुख प्रणयरत्न स्थापितले जानकारी दिए ।

सर्वोत्तम श्रेणीको त्रि–क्यामरा, ६.४ इन्चको एफएचडीका साथै अद्वितीय एमोलेड डिस्प्ले, १२० हर्जको रिफ्रेस दर एवं शक्तिशाली प्रोसेसरयुक्त ग्यालेक्सी एस२१ एफई ५ जीले युवा ग्राहकका लागि हरेक दिन अभूतपूर्व बनाउने कम्पनीको भनाइ छ ।

के छन् विशेषता ?

उच्च श्रेणीको क्यामरा

कम्पनीका अनुसार ग्यालेक्सी एस२१ एफई ५ जीमा सर्वोत्तम श्रेणीको तीनवटा क्यामरा जडान गरिएको छ, जसले सामाजिक सञ्जाललाई चकाचक बनाउनेछ । यसको पृष्ठ भागमा उच्चतम श्रेणीको १२ एमपी (यूडब्लू) प्लस १२ एमपी (डब्लू) प्लस ८ एमपी (टेली) क्यामेरा रहेका छन्, जसबाट चहकिलो एवं अद्भूत फोटोहरु खिच्न सकिन्छ ।

अल्ट्रा वाइड लेन्सले सविस्तार सबैलाई एउटै फ्रेममा समेटि दिन्छ । यसैगरी ३२ एमपी क्षमताको अग्र क्यामेराको सहायताले अद्भूत नयनाभिराम सेल्फिहरु खिच्न सकिन्छ । प्रो–श्रेणीको क्यामरा प्रणालीमा अभूतपूर्व अनुभव दिलाउने दोहोरो रेकर्डिङ, पोर्टेट मोड, विस्तारित रात्री मोड र ३० गुना सम्म नजिक जूम सुविधाहरु रहेका छन् ।

उच्च श्रेणीको पावरहाउस

ग्यालेक्सी एस२१ एफई ५ जीमा सुन्दर ६.४ इन्चको एफएचडी प्लस डाइनामिक एमोलेड २एक्स डिस्प्ले रहेको छ, जुन अत्यन्त सजिलो १२० हर्ज रिफ्रेस दर, २४० हर्ज टच स्याम्प्लिङ दरयुक्त छ र यसका साथै यसमा अद्वितीय एवं सिल्की सजिलो स्क्रोलिङ अनुभवको लागि एआईमा आधारित ब्लु लाइट नियन्त्रण छ जसले आँखालाई बिझाउन दिंदैन ।

यस्तै ५ एनएम एक्जिनस २१०० प्रोसेसर र ४५०० एमएएच ब्याट्री भएको ग्यालेक्सी एस २१ एफई ५जीले अधिकतम उच्च गति र निर्वाध कार्य क्षमताको सुनिश्चितता प्रदान गर्दछ । यो ताररहित पावर शेयर र ताररहित छिटो चार्ज हुने २.० का साथ उपलब्ध छ र यसले २५ वाट तीव्र चार्जलाई साथ दिन्छ । आईपी ६८ रेटिङले स्मार्टफोनलाई धुलो र पानी प्रतिरोधक बनाएको छ । ग्यालेक्सी एस२१ एफई ५जी दिनभर चल्ने ब्याट्री, ५ जि र वाइफाइ ६ सम्पर्क क्षमताका साथ उच्चतम शक्ति, गति र कार्य क्षमतासहित उपलब्ध छ ।

मेमोरीका प्रकार, मूल्य र उपलब्धता

ग्यालेक्सी एस२१ एफइ ५ जि ग्राफाइट, लाभेन्डर, र अलीभ गरी तीन रङमा उपलब्ध छ ।

ग्राहकहरुले ग्यालेक्सी एस२१ एफई ५जीको ८ प्लस २५६ जीबी भ्यारियन्ट ने.रु. ८९ हजार ९९९ मा खरिद गर्न सक्नेछन् । यो फोन सामसङका सीमित ब्राण्ड स्टोर तथा रिटेल स्टोरहरुबाट खरिद गर्न सकिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?