+
+

बजाज मोटरसाइकलको आधिकारिक वितरक र क्रिकेट एक्सेलेन्स सेन्टरबीच सम्झौता

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २९ गते २०:१०

२९ पुस, काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले क्रिकेट एक्सिलेन्स सेन्टर प्रायोजन गर्ने सम्झौता गरेको छ। सम्झौतापछि क्रिकेट एक्सेलेन्स सेन्टरको नाम परिवर्तन भइ पल्सर क्रिकेट एक्सेलेन्स सेन्टर हुनेछ।

हस्ताक्षर समारोहमा बोल्दै गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले एक्सेलेन्स सेन्टरसँग आबद्ध हुन पाउँदा हर्षित बनेको बताए । बजाज पल्सरलाई नेपाली युवाहरूले सधैं माया गर्नुभएको छ। र पछिल्ला वर्षहरूमा क्रिकेट नेपाली युवाहरूको प्यासन बनेको छ, उनले भने ।

बजाज पल्सरले नेपालमा खेलकुदलाई प्रवद्र्धन गर्दै आएको उनले बताए। सहकार्यले पक्कै पनि देशभरबाट थप गुणस्तरीय क्रिकेटरहरू उत्पादन गर्न मद्दत गर्ने उनले विश्वास व्यक्त गरे।पूर्व कप्तान पारस खड्काले बजाज पल्सरसँग आबद्ध हुन पाउँदा खुसी व्यक्त गरे। क्रिकेट एक्सेलेन्स सेन्टर क्रिकेटरहरूलाई व्यावसायिक प्रशिक्षण प्रदान गर्ने निजी एकेडेमी हो ।

जसले घरेलु खेलाडीहरू विकास गर्ने र क्रिकेटमा व्यावसायीक करियरको लागि मार्गदर्शन गर्ने लक्ष्य राखेको बताएको छ।

गुणस्तरीय क्रिकेट प्रशिक्षण, विश्वस्तरीय क्रिकेट पूर्वाधार र विज्ञहरूबाट सिक्ने अवसर प्रदान गर्ने उद्देश्यले पूर्व कप्तान पारस खड्का र कप्तान ज्ञानेन्द्र मल्लले यसको स्थापना गरेको उल्लेख छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?