
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडका ग्राहकलाई शून्य प्रतिशत ईएमआईमा एमआई साओमी र पोको ब्रान्डको मोबाइल फोनका साथै अन्य इलेक्ट्रोनिक सामानहरु पाउने भएका छन् ।
माछापुच्छ्रे बैंक र भास्टल इम्पेक्स प्रालिबीच बैंकको इन्स्टापे सुविधा मार्फत मोबाइल तथा अन्य इलेक्ट्रोनिक सामानहरु खरिद गर्दा विशेष सहुलियत प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।
इम्पेक्स प्रालिको तर्फका डाइरेक्टर नितेशकुमार मुन्द्र र माछापुच्छ्रे बैंकका तर्फबाट नायब प्रमुख डिजिटल बैंकिङ विनय रेग्मीले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।
सम्झौता पछि बैंकका ग्राहकहरुले ६ देखि ९ महिनासम्मका लागि शून्य प्रतिशत ईएमआईमा इन्स्टापे मार्फत १५ हजार रुपैयाँदेखि एमआई सायमी र पोको बा्रन्डको मोबाइल तथा अन्य इलेक्ट्रोनिक सामानहरु गरिद गर्न सक्नेछन् ।
बैंकका ग्राहकहरूले उक्त सुविधा बैंकको के्रडिट कार्ड तथा इन्स्टापे बाट पाउन सक्नेछन् । हाललाई यो सुविधा भास्टल इम्पेक्स प्रालिको काठमाण्डौ स्थित शोरुम मार्फत प्रदान गरिनेछ ।
प्रतिक्रिया 4