+
+

अमेरिकी लगानी भित्र्याउने वातावरण बनाउन परिसंघको आग्रह

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ३० गते १५:१०

३० पुस, काठमाडौं । नेपाल उद्योग परिसंघले नेपालमा प्रत्यक्ष विदेशी लगानी र प्रविधि भित्र्याउने वातावरण बनाउन अमेरिकाका लागि प्रस्तावित राजदूतलाई आग्रह गरेको छ ।

शुक्रबार परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालसहितको पदाधिकारीहरूसँगको छलफलमा प्रस्तावित राजदूत श्रीधर खत्रीलाई निर्यात प्रवर्द्धनसँगै देशको पर्यटन विकासलाई केन्द्रमा राखेर काम गर्न अनुरोध गरिएको परिसंघले जनाएको छ । छलफलमा पस्मिना, तयारी पोशाक, छुर्पीजस्ता विशिष्टिकृत उत्पादनलाई अमेरिकी बजारमासहज पहुँच स्थापित गर्न तथा बजार विस्तारमा प्रयास गर्न खत्रीलाई आग्रह गरिएको हो ।

मुलुकको पर्यटन प्रवर्द्धन हुनेगरी अमेरिकाको तर्फबाट उच्चस्तरीय भ्रमणको प्रयास गर्न तथा नेपाल र अमेरिकाबीचको कूटनीतिक सम्बन्धलाई आर्थिक कुटनीतिका माध्यमबाट सबल बनाउनेतर्फ विशेष ध्यान दिन पनि परिसंघले खत्रीलाई आग्रह गरेको छ । परिसंघको प्रस्तावहरु सकारात्मक भएको भन्दै खत्रीले आफूले सक्दो पहल गर्ने र आवश्यक सल्लाह सुझावसहित अघि बढ्ने बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?