
२ माघ, बुटवल । रुपन्देहीको बुटवलमा एक युवक सडक किनारको खाल्डोमा मृत फेला परेका छन् ।
गुल्मी स्थायी घर भई हाल बुटवलमा बस्दै आएका शोभाखर पन्थ आज बिहान मृत फेला परेका इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । पन्थ कलाकारिताको क्षेत्रमा काम गर्दै आएका थिए ।
उनीसँगै लु ७० प १३५३ नम्बरको मोटरसाइकल पनि दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । बुटवलको योगीकुटीबाट पश्चिमतर्फ जाँदै गर्दा पन्थ गएराति दुर्घटनामा परेर खाल्डोमा खसेको हुन सक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।
उनलाई आइतबार बिहान मात्रै स्थानीयले खाल्डोमै मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख ठगबहादुर केसीले घटनाको अनुसन्धान भइरहेको जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4