+
+

नयाँ संक्रमितको दुई तिहाइ उपत्यकामा मात्रै

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २ गते १८:२७

२ माघ, काठमाडौं । आइतबार देशभरमा ४९६१ जनामा कोरोना संक्रमण पुष्टि भयो । नयाँ संक्रमित मध्ये दुई तिहाइ भन्दा बढी काठमाडौं उपत्यकाका मात्रै छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार १५१३१ नमुना (पीसीआर र एन्टिजेन) परीक्षण गरिएको थियो । १२,५६२ नमुनाको पीसीआर परीक्षण गर्दा ४,५३४ र २,५६९ नमुनाको एन्टिजेन परीक्षण गर्दा ४२७ जनामा संक्रमण देखिएको छ ।

नयाँ संक्रमित मध्ये ३,३४७ जना काठमाडौं उपत्यकाका हुन् । यो संख्या आइतबार पहिचान भएका कुल संक्रमित ४,९६१ दुई तिहाइभन्दा बढी हो ।

उपत्यकामा पनि सबभन्दा धेरै काठमाडौंका छन् । काठमाडौंमा २,५४५, भक्तपुरमा ३२८ र ललितपुरमा ४७४ जना छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?