+
+

सुन चोरी पैठारीमा मुछिए पर्यटन बोर्डका सीईओ रेग्मी

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २ गते १९:३०
फाइल तस्वीर

२ माघ, काठमाडौं । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) धनन्जय रेग्मी सुन चोरी पैठारीमा मुछिएका पाइएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सीईओ रेग्मीमाथि छानविन गरिरहेको छ, त्यसक्रममा त्रिभुवन विमानस्थल भन्सार कार्यालयले रेग्मी सुन चोरी पैठारीमा दोषी ठहर भएको जानकारी गराएको हो ।

भन्सार कार्यालयले मन्त्रालयलाई लेखेको पत्रअनुसार रेग्मीले ७ पुस २०७४ मा कतार एयरवेजको उडान नम्बर क्यूआर ७३० बाट नेपाल आउँदा बिस्कुट आकारका तीन थान सुन ल्याएका थिए, जसमध्ये ३० ग्राम सुन अवैध थियो ।

त्यही दिन रेग्मीविरुद्ध भन्सार कार्यालयमा मुद्दा दर्ता भयो, जसको २१ भदौ २०७७ मा फैसला आयो । फैसलामा पर्यटन बोर्डका सीईओ रेग्मीले भन्सार ऐन २०६४ को दफा २ (च) तथा दफा ५७ (१) बमोजिम सुन चोरी पैठारी गरी ल्याएको ठहर गर्दै १ लाख ४० हजार ६८५ रुपैयाँ जरिवाना तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?