+
+

‘चिसो एस्ट्रे’को ‘ड्रिम पाइरेसी’ गीत सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ ३ गते १२:२३

३ माघ, काठमाडौं । मानिसको सपनाको कथा भन्ने चलचित्र ‘चिसो एस्ट्रे’को नयाँ गीत ‘ड्रिम पाइरेसी’ सार्वजनिक गरिएको छ । अस्कर इन्टरनेसनल कलेजका विद्यार्थीबीच गायक तथा संगीतकार अजर जंगमले उक्त गीत सार्वजनिक गरेका हुन् ।

‘ड्रिम पाइरेसी’ गीतले चलचित्रको कथालाई बताउन खोजेको अजरले बताए । ‘हामी अहिले ग्लोब भिलेजमा छौं, जहाँ हामीले देख्ने सपना समेत आयातित छन् । चलचित्रमा चरित्रले यस्तै सपना देख्छन् जुन आफैंमा मौलिक होइनन्,’ अजरले भने ।

चलचित्र ‘चिसो एस्ट्रेलाई’लाई दिनेश पाल्पालीले निर्देशन गरेका हुन् । फंक शैलीको गीतमा परम्परागत जस्तो चलचित्रका कलाकार देखिँदैनन् । गीतको भिडियोमा युवापुस्ताको दैनिकी बनेका चुरोट, कन्भर्स, चश्मा आदिलाई एनिमेसन गरी देखाइएको छ ।

चैत ४ गतेदेखि प्रदर्शन हुन लागेको यो चलचित्रले आधुनिक बन्न खोज्दा आफैंलाई गुमाउन पुग्ने चरित्रको कथालाई पर्दामा देखाउनेछ । चलचित्रलाई महेशबाबु तिमल्सिनाले निर्माण गरेका हुन् । उज्ज्वल बस्ताकोटीको छायांकन रहेको चलचित्रलाई उज्ज्वल ढकालले सम्पादन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?