
फाइल तस्वीर
३ माघ, काठमाडौं । नेकपा क्रान्तिकारी माओवादी महासचिव मोहन वैद्य किरणले क्रान्तिकारीहरुको ध्रुवीकरण शुरु भएको बताएका छन् ।
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र मोहन विक्रम सिंह नेतृत्वको नेकपा मसालसँग पार्टी एकता गर्न प्रयास गरेपनि उनीहरु एक्लेवीर नेतृत्व भएको बताए । अब पार्टी एकता नभई ध्रुवीकरण गर्ने उनले बताए ।
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र गोपाल किराती नेतृत्वको माओवादी कम्युनिस्ट पार्टीबाट आएका नेताहरुलाई स्वागत गर्दै बैद्यले अघि भने, ‘आज हामीले एउटा छलाङ हान्यौं ।’ क्रान्तिकारी कम्युनिस्टहरु एक ठाउँमा उभिन र संसदवादविरुद्ध नयाँ जनवादी क्रान्ति गर्नुपर्ने भन्दै उनले पुनर्मिलनमा आउन अरुलाई पनि आग्रह गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4