+
+

केकी भन्छिन्- कोरोनाले हाम्रो पुस्तालाई धेरै असर पुर्‍यायो

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ ३ गते १४:२९
अभिनेत्री केकी अधिकारी । फाइल तस्वीर

३ माघ, काठमाडौं । अभिनेत्री केकी अधिकारीले कोरोना महामारीले आफूहरुको पुस्तालाई ठूलो क्षति पुर्‍याएको बताएकी छन् । सञ्चारकर्मीसँगको कुराकानीमा उनले कोरोना महामारीबाट प्रभावित बनेको दुई वर्षको अवधिमा सबैभन्दा बढी आफ्नो पुस्ता पीडित बनेको बताइन् ।

‘मलाई कोरोनाका कारण हाम्रो जेनेरेसनलाई सबैभन्दा बढी घाटा लागेको छ जस्तो लाग्छ । किनकि, हामीपछि पनि तीनवटा जेनेरेसन आइसकेको छ,’ उनले भनिन्, ‘अब वर्षमा कतिवटा चलचित्र बन्लान् र त्यसमा हामी कति अटाउँछौं भन्ने प्रश्न छ ।’ केकीले अहिले आफू अरु चलचित्रलाई पर्खिने कि आफैं निर्माण गर्ने भन्नेमा दोधारमा रहेको बताइन् ।

केकीले भर्खरै चलचित्र ‘बोक्सीको घर’को छायांकन सकाएकी छन् । यो चलचित्र सस्पेन्स थ्रिलर जनरामा बनेको छ ।

केकीले चलचित्रमा अभिनय गरेको एक दशक भइसकेको छ । यस अवधिमा उनका केही चलचित्र मात्र हिट सावित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?