+
+

कोरोनाको असर कम गर्ने जीन पत्ता लागेको वैज्ञानिकहरुको दावी

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ ३ गते १५:१४

३ माघ, काठमाडौं । कोभिड-१९ संक्रमणको असर कम गर्ने जीन पत्ता लागेको वैज्ञानिकहरुले दावी गरेका छन् । स्विडेनका वैज्ञानिकले पत्ता लगाएको उक्त जीनले कोभिड संक्रमणपछि देखिने गम्भीर असर २० प्रतिशतले कम गर्ने दावी गरिएको छ ।

वैज्ञानिकहरूले आफूहरूको पछिल्लो खोजबाट कोरोना भाइरसविरुद्ध प्रभावकारी औषधि बनाउन सहज हुने बताएका छन् । हालै पत्ता लागेको जीनले मानव शरीरलाई कोभिड संक्रमण गराउने सार्स सीओभी-२ भाइरसलाई छिन्नभिन्न पार्ने प्रोटिन बनाउन प्रेरित गर्ने वैज्ञानिकहरूको भनाइ छ ।

वैज्ञानिकाका अनुसार ‘आरएस १०७७४६७१-जी’ नामक जीनले ओएएस-१ नामक प्रोटिनको लम्बाइ निर्धारण गर्छ । यो प्रोटिन जति लामो हुन्छ त्यति नै प्रभावकारी रुपमा कोभिड-१९ लाई छिन्नभिन्न पार्न सक्छ ।

‘हामीले कोभिड-१९ को नयाँ औषधि विकासको मुख्य आधार भनेको जीनका कारण उत्पन्न हुने जोखिम (जेनेटिक रिस्क फ्याक्टर) हो भनेर बुझ्न थालेका छौं’, अनुसन्धानको सहलेखन गरेका म्याकगिल विश्वविद्यालयका ब्रेन्ट रिचार्ड्सले भने ।

यसबाहेक, यसबाट मानिसपिच्छे कोरोना भाइरसका लक्षण फरक हुनुको कारण समेत खुलेको छ । अर्थात् पछिल्लो खोजपछि कोरोना भाइरसले कसैलाई गम्भीर र कसैलाई सामान्य असर गर्नुको रहस्य खुलेको छ । अर्को अर्थमा भन्दा जुन मानिसमा ‘आरएस १०७७४६७१-जी’ अस्तित्वमा हुन्छ ती मानिसमा कोरोना भाइरसको असर कम हुन्छ । तर यो जीन नहुने मानिसलाई भाइरसले गम्भीर संक्रमण गर्छ ।

स्विडेनको क्यारोलिन्स्का इन्स्टिच्युटका अनुसन्धानकर्ताले पत्ता लगाएको जीन श्वेत वंशका ३ जना युरोपेलीमध्ये १ जनामा फेला परेको डेली मेलले जनाएको छ । त्यस्तै, अफ्रिकी वंशका १० जनामध्ये ८ जनामा यो जीन फेला परेको समाचारमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?