+
+

सबै खालका व्यावसायिक सेवा ‘भेटायो’ एपबाट

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ ४ गते २०:१२

सबै व्यावसायिक सेवाहरूको आवश्यकता सजिलै पूरा गर्नका लागि भन्दै भेटायो एप सञ्चालनमा ल्याइएको छ। छिटो र सरल एपका रुपमा यसलाई लिने गरिन्छ। यो आईओएस र एन्ड्रोइड दुवैमा उपलब्ध रहेको कम्पनीले जनाएको छ।

भेटायोले नोभेम्बर २०२१ देखि काठमाडौं उपत्यकामा आफ्ना सेवाहरु सञ्चालन गरिरहेको छ। यसले घरेलु तथा व्यावसायिक सेवाहरु प्रदान गरिरहेको छ।

सञ्चालनको पहिलो महिनामा भेटायोले एक हजारभन्दा बढी प्रयोगकर्ताहरू र एक सयभन्दा बढी सेवा प्रदायकहरू प्राप्त गरेको दाबी गरेको छ। तिनीहरूको सेवा क्षेत्र हाल काठमाडौं उपत्यकामा सीमित रहेको र निकट भविष्यमा अन्य शहरहरूमा विस्तार गर्ने योजना रहेको कम्पनीको भनाइ छ।

व्यावसायिक सेवाहरू जस्तै; प्लम्बिङ, कीट नियन्त्रण, सवारी साधनको सफाई, ब्युटीसियन तथा अन्य नयाँ सेवाहरू निरन्तर थप्दै जाने योजना रहेको कम्पनीले जनाएको छ।

‘हामीले ग्राहकको अमूल्य समयलाई ध्यानमा राखी घरदैलोमा व्यावसायिक सेवा सजिलै उपलब्ध गराउनका लागि यो अनलाइन प्लेटफर्म निर्माण गर्ने निर्णय गरेका हौं’, कम्पनीका एक अधिकारीले भने, ‘जहाँ हाम्रा प्रयोगकर्ताहरूले भरपर्दो र व्यावसायिक सेवा प्रदायकहरूसँग सजिलै जोडिन सक्छन्। हाम्रो एपले सम्पूर्ण प्रयोगकर्ताहरूको जीवनलाई सहज बनाउन ग्राहकको ढोकामा नै आवश्यकता अनुसार सेवाहरू उपलब्ध गराउँछ।’

उचित र पारदर्शी मूल्य प्राप्त गर्न, अनुभवी सेवा प्रदायकहरू छनोट गर्न, सेवामा ३० दिनको ग्यारेन्टी पाउन र विविध प्रकारका सेवाहरु सजिलै पाउन यो एप प्रयोग गर्न सकिने दाबी गरिएको छ।

कम्पनीका अनुसार सुरुमा एप डाउनलोड गरेर आवश्यक विवरणहरूसहित दर्ता फारम भर्नुपर्ने हुन्छ। जसमा नाम, ठेगाना, इमेल आईडी र सम्पर्क विवरणहरू भर्ने वा आफ्नो फेसबुक खाताबाट पनि लग–इन गर्न सकिने कम्पनीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?