+
+

टेकु अस्पतालमा कोरोनाविरुद्धको बुस्टर डोज खोप लगाउनेको भीड

शंकर गिरी शंकर गिरी
२०७८ माघ ५ गते १३:४८

५ माघ, काठमाडौं। पछिल्लो समय कोभिड-१९ को संक्रमण बढेसँगै काठमाडौं उपत्यकाको विभिन्‍न खोप केन्द्रहरुमा कोरोनाविरुद्धको बुस्टर डोज खोप लगाउनेहरुको भीड लाग्‍ने गरेको छ ।

विशेष गरेर काठमाडौं उपत्यका कोरोनाको रेड जोनमा छ । जसका कारण सरकारले यहाँका सार्वजनिकस्थल (होटल, सिनेमा हल, रेस्टुरेन्ट, पार्किङ)मा प्रतिबन्धात्मक व्यवस्था लागू गरेपछि खोप लगाउनेहरु बढेका हुन् ।

बुधबार काठमाडौंस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कोरोना खोप लगाउनेहरुको ठूलो भीड लागेको छ । खोप लगाउनेहरुमा सरकारी कर्मचारी, जेष्ठ नागरिक, युवा र वैदेशिक रोजगारीमा जानेहरु रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार प्रदेशका स्वास्थ्य निर्देशनालय र जिल्ला स्वास्थ्य कार्यालयहरुलाई पत्र लेखेर अग्रपंक्तिमा खटिनेहरुलाई माघ २ गतेदेखि र ६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई माघ १४ गतेदेखि बुस्टर डोज खोप दिन आग्रह गरेको थियो । सोही अनुसार उनीहरुले कोरोनाविरुद्धको बुस्टर डोज खोप लगाइरहेका छन् ।

यस्तै क्यान्सरका बिरामी, अंग प्रत्यारोपण गरेका बिरामी, एचआईभी भएका बिरामी, उपचारका क्रममा रोग प्रतिरोधात्मक क्षमता कम गराउने औषधि सेवन गरेका बिरामीहरुलाई दोस्रो चरणमा बुस्टर डोज दिने सरकारको तयारी छ ।

बुस्टर डोज पाउन पूर्णमात्रा खोप लगाएको ६ महिना पूरा भएको हुनुपर्ने छ । पहिलो र दोस्रो मात्रा जुन खोप लगाएको छ, बुस्टर डोजमा पनि त्यही खोप दिइने मन्त्रालयले जनाएको छ ।

लेखकको बारेमा
शंकर गिरी

शंकर गिरी फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?