+
+

चक्रपथको ग्वार्कोमा फ्लाइओभर राख्न १७ करोडमा ठेक्का

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ ६ गते १२:४२

६ माघ, काठमाडौं । ललितपुरको ग्वार्कोमा फ्लाइओभर बनाउने जिम्मा आशिष समानान्तर रेलिगेयर जेभीले पाएको छ । सडक विभागको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले आह्वान गरेको ठेक्कामा सहभागी ९मध्ये ८ वटाले आर्थिक प्रतिस्पर्धा गर्दा आशिष समानान्तर रेलिगेयर जेभीले करिब १७ करोड रुपेयाँमा ठेक्का पाएको हो ।

छनोट भएको कम्पनीमाथि अब अन्यले दावी विरोध पेश गर्न सक्नेछन् । दावी विरोध नभएमा कम्पनीसँग खरिद सम्झौता हुने केन्द्रका निर्देशक प्रभातकुमार झाले बताए ।

केन्द्रले फ्लाइओभर बनाउन गत असारको अन्तिम सातामा ठेक्का आहृवान गरेको थियो । आशिष समानान्तर रेलिगेयर जेभीले अनुमानित लागतभन्दा करिब ३८ प्रतिशत कम मूल्यमा ठेक्का हात पारेको हो ।

कम्पनीले इन्जिनियरिङ प्रोक्युरेमेन्ट कन्स्ट्रक्सन (ईपीसी) मोडलमा यो परियोजना तयार गर्नेछ ।अर्थात् ठेकदारले नै ड्रोइङ र डिजाइनिङको काम गर्नेछ । यो फ्लाइओभर बनाउन अर्थ मन्त्रालयले ३३ करोडको स्रोत सुनिश्चित गरेको थियो ।

चक्रपथको चार वटा लेनमा ३५ मिटरको फ्लाइओभर बनाउन लागिएको हो । बालकुमारीतर्फबाट २८० र सातदोबाटोतर्फबाट १७५ मिटरको र्‍याम्प बनाउनुपर्नेछ ।

ठेक्का सम्झौता भएको २ वर्षभित्र फ्लाइओभर बनाइसक्ने लक्ष्य छ । चक्रपथका चार लेनमा समानान्तर भएर बन्ने फ्लाइओभरले ग्वार्को चोकमा हुने जाम घटाउने विश्वास विभागको छ । फ्लाइओभर निर्माण भएपछि इमाडोल-पाटन गुड्ने सवारीसवारीसाधन फ्लाइओभरकै मुनि हालकै चक्रपथबाट वारपार गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?