
७ माघ, काठमाडौं । एनआईशी एशिया बैंकले चालु आर्थिक वर्षको ६ महिनामा २ अर्ब ४० करोड रुपैयाँ खुद मूनाफा आर्जन गरेको छ । बैंकले सार्वजनिक गरेको पुस मसान्तसम्मको वित्तीय विवरण अनुसार बैंकको नाफामा राम्रो वृद्धि देखिएको छ भने अन्य सूचकहरु पनि उत्साहजनक देखिएका छन् ।
अघिल्लो वर्षको ६ महिनाको तुलनामा १६.५७ प्रतिशतले बढेर मूनाफा २ अर्ब ४० करोड रुपैयाँ गरेको छ । पुस मसान्तसम्म बैंकको कर्जा १७ लगानी प्रतिशतले वृद्धि भएर २ खर्ब ७३ अर्ब ४६ करोड पुगेको छ भने निक्षेप ८ प्रतिशतले वृद्धि गरी कुल निक्षेप संकलन २ खर्ब ९९ अर्ब ३४ करोड रुपैयाँ पुगेको छ ।
अन्य बैंकहरु भन्दा निकै आक्रामक रुपमा व्यवसाय विस्तार गरिरहेको यस बैंकले नयाँ नयाँ चमत्कारिक योजनाहरु ल्याउने गरेको छ । यस अघि सुपर चमत्कारिक योजना ल्याएको बैंकले २४ औं वर्ष पुगेको अवसरमा २४ वटा फाइदासहितको सर्वश्रेष्ठ बचत खाता योजना ल्याएको छ ।
पुस मसान्तसम्मको तथ्यांक अनुसार बैंकले कुल कर्जा लगानीको अंशमा करिब ८८ प्रतिशत साना तथा मझौला र रिटेल प्रकारका रणनीतिक क्षेत्रहरूमा कर्जा विस्तार गरेको जनाएको छ । बैंकले देशभर ३५८ शाखा कार्यालयहरू, ४७३ एटिएम, ७० वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखारहित बैंकिङ्ग मार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । बैंकले वार्षिक प्रतिसेयर आम्दानी ४१.४३ रुपैयाँ छ । निष्कृय कर्जा ०.४७ प्रतिशत मात्र छ ।
प्रतिक्रिया 4