+
+

मन्त्री यादवको धम्कीप्रति प्रधानमन्त्रीको मौनता विडम्बनापूर्ण : ज्ञवाली

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ ७ गते १२:५४

७ माघ, काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवले डा. सीके राउतलाई दिएको सार्वजनिक धम्की आपराधिक र बर्बरतापूर्ण भएको बताएका छन् । यस्तो गम्भीर विषयमा पनि प्रधानमन्त्री शेरबहादुर देउवा मौन बस्नु बिडम्बनापूर्ण रहेको उनले बताएका छन् ।

मधेश बलिदान दिवसको अवसरमा बिहीबार रौतहटमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मन्त्री यादवले सीके राउतलाई ज्यान लिने धम्की दिएकी थिइन् ।

त्यसप्रति आपत्ती जनाउँदै पूर्वमन्त्री ज्ञवालीले लेखेका छन्, ‘एकजना मन्त्रीले शान्तिपूर्ण विरोधमा उत्रिएका राजनीतिक दलका नेताहरूलाई अर्को ‘गौर नरसंहार’गराएर हत्या गर्ने खुला धम्की दिनु जति आपत्तिजनक, आपराधिक र बर्बरतापूर्ण छ, यति गंभीर विषयमा सम्बन्धित दल र प्रधानमन्त्रीको मौनता उत्तिकै बिडम्बनापूर्ण छ ।’ उनले अपराधलाई दुरूत्साहन गर्ने सबै गतिविधि बन्द हुनुपर्ने पनि बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?