+
+

आमिरले भने- हल्लाको पछि नलाग्नुस्, ‘लाल सिंह चड्डा’ अप्रिल १४ मै आउँछ

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ ७ गते १९:००

७ माघ, काठमाडौं । बलिउड अभिनेता आमिर खानको मुख्य भूमिका रहेको चलचित्र ‘लाल सिंह चड्डा’ अप्रिल १४ मा रिलिज नहुने खबर केही दिनयता सार्वजनिक भइरहेको थियो ।

वैशाख १ गते यो चलचित्र विश्वव्यापी रुपमा रिलिज हुने भनिएको भएपनि बलिउड बजारमा भने यो चलचित्र पोष्टपोन्डको खबर आइरहेको थियो । तर, निर्माणपक्षले यस्तो खबरलाई हल्ला मात्रै भन्दै खण्डन गरेको छ ।

शुक्रबार आमिर खानको निर्माण कम्पनी आमिर खान प्रोडक्सनले विज्ञप्ति जारी गर्दै चलचित्र अप्रिल १४ मै रिलिज हुने स्पष्ट पारेको छ । दर्शकले दिएको मायाका लागि आभार व्यक्त गर्दै अब केही समय पर्खिन विज्ञप्तिमार्फत आग्रह गरिएको छ ।

‘लाल सिंह चड्डा’मा आमिर खान, करिना कपूर, नागा चैतन्य लगायतका कलाकारको मुख्य भूमिका छ । अद्वेत चन्दनको निर्देशनमा बनेको यो चलचित्रको प्रदर्शन मिति बारम्बार सरेको थियो । चलचित्रमा प्रितमको संगीत छ । चलचित्र हलिउड चलचित्र ‘फरेस्ट गम्प’को रिमेक हो ।

यही मितिमा साउथको प्रतिक्षित चलचित्र ‘केजीएफ २’ पनि रिलिज हुँदैछ । भारतमा यी दुई चलचित्रको भिडन्तलाई अहिलेसम्मकै ठूलो मानिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?