
प्रेमी प्रेमिकाको सम्बन्धमा जातका कारण आएको विभाजन र त्यसले निम्त्याएकोे परिणामको कथा भन्ने गीत ‘जित्यो मायाले’ सार्वजनिक गरिएको छ । यो गीतमा ध्रुव विस्को र सारिका घिमिरेको स्वर छ । गीतकार सारिकाले गीतमा प्रयोग गरेका शब्द र संगीतकार विस्कोले तयार पारेको संगीतले दर्शकको मन छुन्छ ।
भिडियोमा दिनेश डीसी, प्रिन्स विश्वकर्मा, रोशनी कार्की, रश्मी भट्ट, रमेश चन्द सोडारी, अनु पराजुली र बलराम परियारको अभिनय छ । भिडियोमा नायक पुष्प खड्काको पनि विशेष भूमिका हेर्न सकिन्छ । पुष्पको सायरीबाट नै भिडियोको सुरुवात गरिएको छ ।
भिडियोमा ज्ञानेन्द्र शर्मा हुमागाँइको छायांकन, दिन्सन शाहको सम्पादन छ । गायक तथा संगीतकार ध्रुव नै यो भिडियोको निर्देशन गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4