+
+

अमेरिकाले युक्रेनलाई हतियारसहित ९० टन सामग्री पठायो

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ ९ गते ८:१६

९ माघ, काठमाडौं । अमेरिकाले युक्रेनलाई ९० टन ‘घातक सहायता’ पठाएको छ । यो सहायतामा सीमा क्षेत्रमा तैनाथ सैनिकहरूका लागि हतियारसमेत सामेल रहेको बीबीसीले जनाएको छ ।

अमेरिकी सहयता युक्रेनको राजधानी किभ पुगिसकेको छ । किभस्थित अमेरिकी दूतावासले यो सहयोगले युक्रेनको आत्मरक्षाको सम्प्रभु अधिकारप्रति अमेरिकाको प्रतिबद्धतालाई दर्शाउने भन्दै यस प्रकारका सहयोग आगामी दिनमा पनि जारी रहने जनाएको छ ।

पछिल्लो समय रुस र युक्रेनबीच तनावको स्थिति छ । रुसले एक लाख सैनिक युक्रेनसँग जोडिएको सीमामा तैनाथ गरेको छ र अमेरिका लगायत देशहरुले रुसले युक्रेनमा कुनै पनि बेला आक्रमण गर्न सक्ने बताइरहेका छन् ।

हालै युक्रेन भ्रमणबाट फर्किएका अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकनले रुसले युक्रेनमा आक्रमण गरेमा जवाफ दिने बताएका छन् । तर रुसले भने युक्रेनमा आक्रमण गर्ने योजना नरहेको स्पष्ट पारेको छ ।

गत डिसेम्बर महिनामा अमेरिकी राष्ट्रपति जो बाइडनले युक्रनेलाई २० करोड डलर बराबरको सुरक्षा सहायता प्याकेज उपलब्ध गराउने मन्जुरी दिएका थिए ।

रुसले सन् २०१४ मा युक्रेनको भाग क्रिमिया कब्जा गरेको थियो । त्यसपछि युक्रेनका सेना र रुस समर्थित विद्रोहीबीच संघर्ष जारी छ । यो संघर्षमा १४ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् । २० हजार जना विस्थापित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?