+
+

मन्त्री रेणु यादवलाई बर्खास्त गर्न शान्ति समाजको माग

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ ९ गते ११:५१

९ माघ,काठमाडौं । मानव अधिकार तथा शान्ति समाजले हिंसात्मक अभिव्यक्ति दिने भौतिक पूर्वधार तथा यातायातमन्त्री रेणु यादवलाई बर्खास्त गर्न माग गरेको छ ।

समाजले आइतबार वक्तव्य जारी गर्दै मन्त्री यादवले हालै रौतहटको गौरमा दिएको  अभिव्यक्ति मन्त्री पदको गरिमा र लोकतान्त्रिक मर्यादाविपरीत भएको भन्दै बर्खास्त गर्न माग गरेको हो ।

मन्त्री यादवको अभिव्यक्तिले अपराधलाई बढावा दिने भन्दै समाजले मन्त्री पदबाट बर्खास्त गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेको हो ।

साथै सीके राउत नेतृत्वको जनमत पार्टीका अराजक र उच्छृंखल गतिविधिको समेत समाजले निन्दा गरेको छ ।

गत बुधबार रौतहटमा आयोजित एक कार्यक्रममा मन्त्री यादवले जनमत पार्टीका अध्यक्ष सिके राउतलाई लक्षित गर्दै गौर हत्याकाण्ड दोहोरिने चेतावनी दिएकी थिइन् ।

२०६३  चैत ७ गते रौतहटको गौरमा तत्काली  नेकपा माओवादीले आयोजना गरेको कार्यक्रममा तत्कालीन मधेशी जजअधिकार फोरमका कार्यकर्ताले आक्रमण गरेका थिए ।

आक्रमणबाट माओवादीका २७ कार्यकर्ताको मृत्यु भएको थियो । तत्कालीन फोरमको नेतृत्वमा जसपा अध्यक्ष उपेन्द्र यादव नै थिए । यादव नेतृत्वको जसपा अहिले सरकारमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?