+
+

बहुतले मेकानिकल पार्किङ बनाउँदै नगर विकास कोष

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ ९ गते १३:१५

९ माघ, काठमाडौं । नगरहरुमा आधारभूत सामाजिक सेवा र आयमुलक आयोजना सञ्चालन गर्दै आएको नगर विकास कोषले काठमाडौंमा बहुतले मेकानिकल पार्किङ बनाउने भएको छ । कोषले बहुतले मेकानिकल पार्किङ बनाउने तयारी स्वरुप यसमा लगानी गर्न प्रस्ताव आव्हान गरेको छ ।

काठमाडौंमा पछिल्लो समय पार्किङको समस्या बढ्दो छ । सवारीसाधनहरुको संख्या चाप बढ्दै जाँदा खुला ठाउँहरुको अभाव छ । यसले उपत्यकामा अव्यवस्थित पार्किङ बढ्दो छ । अव्यवस्थित पार्किङको समस्या समाधान व्यवस्थापन गर्न यो योजना ल्याइएको नगर विकास कोषका कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटाले बताए ।

उक्त परियोजनामा लगानी गर्नका लागि काठमाडौं महानगरपालिकाभित्र कम्तिमा आठ आना भन्दा बढी क्षेत्रफल भएको जग्गा हुनुपर्ने छ ।आयोजना निर्माण गर्न इच्छुक स्थानीय तह, सरकारी तथा गैरसरकारी संस्थाहरुले १५ दिन भित्र आवश्यक कागजात सहित विकास कोषको कार्यलयमा पेश गर्नु पर्ने बताइएको छ ।

काठमाडौंका थापालथली, त्रिपुरेश्वर, कालिमाटी, टेकु, सोल्टीमोड, कलंकी, कुलेश्वर, बल्खु, लगायतका मुख्य व्यावसायिक सडक छेउहरु वा दोहोर प्रवेशमार्ग भएको भित्रि जग्गाहरुमा पार्किङस्थल निर्माण गर्न सकिने कोषले जनाएको छ ।

प्रस्ताव पेश गर्नका लागि जग्गा धनी प्रमाणपत्रको प्रतिलिपि, नापी नक्साको सक्कल प्रति, संघ संस्थाको नविकरणसहितको प्रमाणपत्रको प्रतिलिपि, प्रस्ताव पेश गर्ने संस्थाको आधिकारिक निर्णय आवश्यक पर्ने कोषले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?