+
+

कोरोनाले रोकियो न्युजील्याण्डकी प्रधानमन्त्रीको बिहे

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ ९ गते १३:४०

९ माघ, काठमाडौं । कोरोना संक्रमणका कारण न्युजील्याण्डकी प्रधानमन्त्री जेसिन्डा अर्डनको बिहे रोकिएको छ । देशमा कोरोना संक्रमण रोक्न लगाइएका प्रतिबन्धका कारण बिहे रोकिएको प्रधानमन्त्री अर्डन स्वयंले आइतबार जानकारी दिएकी हुन् ।

न्युजील्याण्डमा पत्रकारहरुसँग कुरा गर्दै उनले भनेकी छन्, ‘मेरो बिहे अहिले अघि बढ्ने छैन ।’ उनले बिहेको मिति भने सार्वजनिक नगरेको समाचार एजेन्सी रोयटर्सले जनाएको छ । तर उनको बिहे छिट्टै हुन लागेको समाचारहरु सार्वजनिक भएका थिए ।

४१ वर्षीया आर्डनका प्रेमी गेफर्ड टेलिभिजन कार्यक्रम प्रस्तोता हुन् । लामो समयदेखि सँगै बस्दै आएका उनीहरुले गत वर्ष छोरी जन्माएका थिए ।

अकल्याण्डमा आयोजित वैवाहिक समारोहमा सहभागी भएर न्यूजील्याण्ड फर्किएको एक परिवारका नौ सदस्यमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण पुष्टि भएको थियो । त्यसपछि त्यहाँ समुदायमा संक्रमण फैलिने खतरा बढेको भन्दै प्रतिबन्ध घोषणा गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?