+
+

नालीमा फसेर गैंडाको मृत्‍यु

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ ९ गते १५:२३

९ माघ, चितवन। चितवनको नारायणगढ पुल्चोक-गोन्द्राङ सडकखण्ड विस्तारका क्रममा बनाइएको नालीमा फसेर एक गैंडाको मृत्‍यु भएको छ ।

चितवन भरतपुरको टिकौली जंगल छेउको प्रहरी बिट अगाडि सडक विस्तारका लागि बनाइएको नालीमा गएराति रडमा उनिएर नालीमा फसेर गैंडाको मृत्यु भएको हो ।

बरण्डाभार क्षेत्रबाट राजमार्ग तरेर सडकभन्दा माथिल्लो क्षेत्रतिर जान लागेको अवस्था गैंडा सो नालीमा परेको अनुमान गरिएकोछ । घटनाका बारेमा निकुञ्जलाई जानकारी गराइए पनि गैंडाको अवस्था, उमेर र लिङ्गको बारेमा खुलेको छैन ।

निकुञ्जको टोली घटनास्थलतर्फ जाँदै गरेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए ।

ठेकेदारले लापरबाही गरी नालीको भाग नपुर्दा उक्त क्षेत्रमा आवतजावतमासमेत समस्या हुँदै आएको स्थानीयले गुनासो गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?