+
+

भिरबाट लडेर किशोरीको मृत्यु

रासस रासस
२०७८ माघ ९ गते १९:३२

९ माघ, जुम्ला । भिरबाट लडेर एक किशोरीको मृत्यु भएको छ । जुम्ला तातोपानी गाउँपालिका-७ निवासी १८ वर्षीया सविता रावतको मृत्यु भएको हो ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका नर्सिङ निर्देशक सविना थापाका अनुसार किशोरी सविताको उपचारका क्रममा आज मृत्यू भएको हो । भिरबाट लडेर बेहोस अवस्थामा शुक्रबार राति कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा पुर्‍याइएको थियो । उपचारको क्रममा उनको मृत्यु भएको उनले जानकारी दिइन् ।

स्थानीयवासी धनसिंह रावतका अनुसार शुक्रबार वनमा जडीबुटी संकलन गर्न गएको समयमा भिरबाट लडेर रावत बेहोस भएकी थिइन् । किशोरी रावत चन्दननाथ माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?