+
+

५० लाख ठगी प्रकरण : साङ्ग्रिला डेभलपमेण्ट बैंकको घोराही शाखाका म्यानेजर पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ ९ गते १९:५१

९ माघ, दाङ । ५० लाख ठगी मुद्दामा पक्राउ परेका दाङ घोराहीका विकाश पुनको मुद्दामा साङ्ग्रिला डेभलपमेण्ट बैंक घोराही शाखाका म्यानेजर पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय दाङले अनुसन्धानको क्रममा घोराहीको मनटावरमा रहेको साङ्ग्रिला डेभलपमेण्ट बैंकका म्यानेजर सुदर्शन विष्टलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरी टोलीले शाखा कार्यालयबाटै म्यानेजर विष्टलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक (एसपी) सुरेशप्रसाद काफ्लेले विष्टलाई बिहान कार्यालयबाट पक्राउ गरिएको बताए ।

उनले ठगीमा समातिएका पुनको पैसा आदानप्रदान गर्ने कार्यमा विष्टले सघाएको अनुसन्धानको क्रममा देखिएकाले उनलाई पक्राउ गरेको जानकारी दिए । ठूलो रकम स्रोत पुष्टि नगरेर बैंकमार्फत् पुनलाई दिएको अनुसन्धानको क्रममा खुलेकाले विष्टमाथि थप अनुसन्धान गर्नुपर्ने भएकाले भोलि फेरि उपस्थित हुने गरी आइतबार हाजिरी जमानतमा छाडिएको प्रहरीले जनाएको छ ।

लामो समयदेखि ठगेर फरार रहेका पुनलाई केही दिन अघि मात्रै सिआईबीको प्रहरी टोलीले काठमाडौंमा पक्राउ गरेपछि दाङ ल्याई हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ ।

कपिलबस्तु जिल्लाको बाणगंगा-४ का तिलक थापाले दिएको ठगी मुद्दाको जाहेरीका आधारमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पुनलाई काठमाडौंमा पक्राउ गरेको थियो । घोराही उपमहानगरपालिका-१५ का पुनविरुद्ध कपिलबस्तुका थापाले ४९ लाख ५० हजार ठगी गरेको भन्दै दिएको उजुरीको आधारमा प्रहरीले अनुसन्धान गरिहरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?