+
+

पोखराका निर्माण व्यवसायी १० दिनदेखि सम्पर्कविहीन

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ ९ गते २०:०१

९ माघ, पोखरा । पोखरामा लामो समयदेखि निर्माण व्यवसायमा संलग्न रोल्पाका धनपति बुढामगर १० दिनदेखि सम्पर्कविहीन छन् ।

पोखरा लामाचौर बस्दै आएका मगर कास्कीकै धम्पुसबाट पोखरा आएपछि पुस ३० बाछ सम्पर्कविहीन बनेको उनकी श्रीमती टेकमा बुढामगरले जानकारी दिइन् ।

३७ वर्षीय धनपतिको परिवार निर्माण कामकै शिलशिलामा धम्पुस पुगेको र त्यहाँबाट मोटरसाइकल लिन पुस २७ गते मगर पोखरा झरेको टेकमाले बताइन् ।

‘उहाँको बाइक बिग्रेको थियो । बाइकवालाले बोलाएपछि लिन आउनु भएको हो,’ उनले भनिन्, ‘३० गते फोनमा पनि कुरा भएको छैन । कहाँ हुनुहुन्छ थाहै छैन ।’

पुस २७ गते पनि आफू बाइक लिएरै फर्किहाल्ने भन्दै पोखरा झरेको श्रीमति टेकमाले जानकारी दिइन् । ‘लुगा धुनुपर्ने छ । म आइहाल्छु भन्नुभाथ्ग्यो,’ उनले भनिन् । श्रीमान हराएपछि सबैलाई खोजिदिन उनले आग्रह गरेकी छन् ।

रोल्पा सुनछहरी गाउँपालिकाबाट २०६९ सालमा ज्यालामजदुरी गर्न मगरको परिवार पोखरा आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?