+
+

राष्ट्रिय वाणिज्य बैंक ५७ वर्षमा प्रवेश

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ १० गते ८:४२

१० माघ, काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक ५७ औं वर्षमा प्रवेश गरेको छ । देशकै दोस्रो वाणिज्य बैंकको रुपमा २०२२ साल माघ १० गते यो बैंक स्थापना भएको थियो ।

त्यतिबेला नेपाल सरकारको पूर्ण स्वामित्वमा स्थापना गरिएको राष्ट्रिय वाणिज्य बैंक २०६३ वैशाख ६ गतेदेखि भने पब्लिक लिमिटेड कम्पनीको रुपमा सन्चालन हुँदै आएको छ ।

नेपाल सरकारको एक करोड अधिकृत सेयर पुँजी तथा २५ लाख चुक्ता सेयर पुँजी लगानीमा स्थापना भएको राष्ट्रिय वाणिज्य बैंक लामो अवधिसम्म पूर्ण सरकारी स्वामित्वमा सन्चालन रहँदै आएको थियो । २०७५ वैशाख १८ गते एनआईडीसी डेभलपमेन्ट बैंक गाभिएपछि बैंकमा नेपाल सरकारको ९९.९७ प्रतिशत र सर्वसाधारण सेयरधनीको ०.०३ प्रतिशत सेयर स्वामित्व कायम छ ।

‘तपाईंको आफ्नै बैंक’ भन्ने मूल नारा बोकेको राष्ट्रिय वाणिज्य बैंकको चुक्ता सेयर पुँजी ११ अर्ब ९४ करोड ३ लाख ५९ हजार ९८ रहेको छ । साथै बैंकले तयार गरेको पुँजी वृद्धि योजना २०७८ अनुरुप नेपाल सरकारबाट सेयर लगानी बापत थप २ अर्ब प्राप्त भई चुक्ता पुँजी कायम गर्ने प्रक्रिया सुरु गरिएको छ । सेयरधनी कोषमा २८ अर्ब ८७ करोड मौजदात रहेको बैंकले जनाएको छ ।

यस बैंकले सर्वसाधारण तथा संस्थागत गरी ३४ लाख बढी निक्षेपकर्ताहरुबाट २०७८ पुस मसान्तसम्ममा २ खर्ब ४५ अर्ब निक्षेप परिचालन गरेको छ । साथै २०७८ पुस मसान्तसम्ममा २ खर्ब १४ अर्बभन्दा बढी कर्जा प्रवाह गरेको बैंकले जनाएको छ । २०७७/०७८ मा यसको निष्कृय कर्जा अनुपात ३.२३ प्रतिशत छ ।

यस बैंकले गत आर्थिक वर्ष २०७७/०७८ मा ३ अर्ब ४२ करोडभन्दा बढी खुद मुनाफा आर्जन गरेको थियो । मुनाफाबाट सेयर धनीहरुलाई सोही आर्थिक वर्षमा ३० प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद गरी ३३ प्रतिशत लाभांश वितरण गरेको थियो ।

यसैबीच राष्ट्रिय वाणिज्य बैंक ५७ वर्षमा प्रवेश गरेको अवसरमा प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले बैंकको समग्र भूमिकालाई थप प्रभावकारी बनाउँदै प्रगति उन्मुख कदमहरुलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका छन् ।

राष्ट्रिय वाणिज्य बैंकलाई प्रधानमन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री जनार्दन शर्मा, गर्भनर महाप्रसाद अधिकारी, अर्थ मन्त्रालयका सचिव कृष्णहरि पुष्कर र राष्ट्रिय वाणिज्य बैंकको सञ्चालक समिति अध्यक्ष डा. बलराम पाठकले शुभकामना व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?