
काठमाडौं । टेलिभिजन प्रस्तोता तथा गायक आदित्य नारायण चाँडै बाबु बन्दैछन् । सामाजिक सञ्जालमा आफ्नी श्रीमती श्वेता अग्रवालको बेबी बम्पको तस्वीर गर्दै उनले नयाँ सन्तानको स्वागतका लागि आफूहरु आतुर रहेको उल्लेख गरेका छन् ।
तस्वीरमा आदित्य सोफामा बसेर श्वेतालाई अंकमाल गरिरहेको देखिन्छ । आदित्यले तस्वीर शेयर गर्दै लेखेका छन्, ‘श्वेता र मलाई यो तस्वीर शेयर गर्न पाउँदा अत्यन्तै खुशी लागेको छ । हामी चाँडै नै आफ्नो पहिलो बच्चालाई स्वागत गर्दैछौं ।’
आदित्य र श्वेताबीच सन् २०२० डिसेम्बरमा विवाह भएको थियो । विवाहअघि श्वेता चलचित्रमा काम गर्थिन् । उनले राघवेन्द्र, तन्दुरी लभ, शापित लगायतका चलचित्रमा अभिनय गरेकी छन् । आदित्य नारायण भने विशेषगरी सिंगिङ रियालिटी शोको होस्ट गरिरहेका छन् ।
बाबु–आमा बन्न लागेकोमा आदित्य र श्वेतालाई प्रशंसकहरुले बधाई दिइरहेका छन् ।
प्रतिक्रिया 4