+
+

कर्णालीका मुख्यमन्त्रीको सम्पत्ति : काठमाडौंसहित पाँच ठाउँमा घरजग्गा, झण्डै करोडको कार

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ १० गते २०:५१

१० माघ, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले आफनो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।

सार्वजनिक भएको सम्पत्ति विवरण अनुसार मुख्यमन्त्री शाहीले काठमाण्डौमा घरजग्गादेखि झण्डै करोडको कार रहेको उल्लेख गरेका छन् ।

गत कात्तिक १६ गते नियुक्त भएका मुख्यमन्त्री शाहीले सोमबार आफ्नो सम्पत्ति विवरण मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुझाएका हुन् ।

मुख्यमन्त्री नियुक्त भएको ६० दिनभित्र पेश गर्नुपर्ने प्रावधान रहे पनि शाहीको सम्पत्ति विवरण ८३ दिनपछि सार्वजनिक भएको हो ।

मुख्यमन्त्री शाहीले आफनो र श्रीमती बसन्ती कुमारी शाहीको नाममा विभिन्न ठाउँमा घरजग्गा, सुनचाँदी र शेर लागानी रहेको विवरण पेश गरेका छन् । उनले बैंकबाट ऋण लिएको पनि सम्पत्ति विवरणमा उल्लेख गरेका छन् ।

व्यापार, जागिर र पुर्ख्‍यौली सम्पत्तिबाट प्राप्त गरी शाहीसँग ५६ तोला सुन, २ किलो चाँदी र तीन लाख बराबरको रप, औठी र नवरत्न सम्पत्ति छ । ९५ लाखको कार पनि रहेको उल्लेख गरेका छन् । व्यवसाय र जागिरबाट कार किनेको उल्लेख गरेका छन् ।

शाहीले पेश गरेको सम्पति विवरण अनुसार आफू र श्रीमतीको नाममा हुम्ला दुई र काठमाण्डौंमा एक गरी तीनवटा घर, हुम्ला, बाँके र काठमाडौंमा गरी पाँच ठाउँमा जग्गा रहेको उल्लेख गरिएको छ ।

हुम्लाको सिमकोट ६ मा ३७३ कित्ता नम्बर र ७२३.७५ क्षेत्रफल वर्ग किलोमिटर, काठमाडौं महानगरपालिका १६ मा १६३ कित्ता नम्बर र ३३०.७५ क्षेत्रफल, श्रीमती वसन्ती शाहीको नाममा हुम्ला जिल्लाको सिमकोट ६ मा १८१ कित्ता नम्बर र ५४८.२५ क्षेत्रफलमा जग्गा, बाँके जिल्लाको खजुरामा २ बिघा (करिब १० लाख बराबरको) जग्गा रहेको उल्लेख गरिएको छ ।

यो सम्पती सबै पुर्ख्यौली तथा जागिर र व्यापार, व्यवसायबाट खरिद गरेको उल्लेख गरेका छन् । विभिन्न ७ वटा बैंक तथा वित्तीय संस्थाहरुमा आफनो र श्रीमतीको नाममा १ करोड २० लाख रुपैयाँ बचत देखाएका शाहीसँग १३ हजार कित्ता शेयर रहेको छ ।

उनले हालसम्म १ करोड ७२ लाख ऋण लिएको र किस्तामा तिरी रहेको समेत उल्लेख गरेका छन् । हुम्लामा चौरी, जुमा, गाई, गोरु गरेर १२ वटा, घोडा दुई वटा र भेडाबाख्रा ५० वटा रहेको र सबै आफ्नै घरमा पालेको सम्पत्ति विवरणमा उल्लेख गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?