+
+

कर्णालीका कृषिमन्त्रीको सम्पत्ति : बैंक खातामा ३ लाख, ऋण ११ लाख

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ ११ गते ६:५७

११ माघ, सुर्खेत । कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री चन्द्रबहादुर शाहीले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।

मन्त्री शाहीले अर्कैको नाममा घरजग्गा रहेको र आफू ११ लाख ऋणमा रहेको विवरण सार्वजनिक गरेका छन् ।

शाहीसँग मुगुको सोरु गाउँपालिका-१ मा बुबा मानबहादुर शाहीको नाममा एक रोपनी पुर्ख्यौली र भक्तपुर चाँगुनारायणमा २ ठाउँमा १० आना जग्गा उनकी श्रीमती जालगेडी शाही र सुरेशबहादुर शाहीको नाममा रहेको उल्लेख छ ।

मन्त्री शाहीले उक्त सम्पत्ति पूरै ऋण गरेर खरिद गरेको उल्लेख गरेका छन् । पुर्ख्यौली जग्गा बुबाकै नाममा मुगुको सोरु गाउँपालिका-१ मा २० रोपनी खेत रहेको छ ।

उनको पुर्ख्यौली पाँच तोला सुन श्रीमतीको नाक, कानका गहना, १ तोला चाँदी र तीन लाख रकम एनआईसी एसिया बैंकमा तलब भत्ता बापतको मौज्दात रहेको छ । उनले चार जनाको ११ लाख ऋण रहेको उल्लेख गरेका छन् ।

शाहीले सम्पतिको स्रोत पुर्ख्यौली, तलबभत्ता र ऋण लिएको उल्लेख गरेका छन् । शाही गत कात्तिक ३० गते मन्त्री नियुक्त भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?