
११ माघ, वीरगञ्ज । बारामा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । बाराको कोल्हवी नगरपालिका-३ बस्ने ६० वर्षीय पुरुषको मृत्यु भएको हो ।
नारायणी अस्पतालमा उपचाररत उनको मंगलबार बिहान पौने ५ बजे मृत्यु भएको हो ।
माघ १० गते एन्टीजेन परीक्षणको क्रममा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो। सोही दिन उनलाई उपचारका लागि नारायणी अस्पतालमा भर्ना गरिएको थियो ।
अस्पतालका कोभिड संयोजक डाक्टर उदय नारायण सिंहका अनुसार उनमा कोभिड निमोनिया भइसकेको थियो । उपचारपछि पनि स्वास्थ्यमा सुधार आउन सकेन । उनले कोभिड–१९ विरुद्धको कुनै पनि भ्याक्सिन लगाएका थिएनन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4