+
+
सरकारी छानबिन समितिको निष्कर्ष :

‘बर्जु महोत्सवमा खेसारीलाललाई बोलाउनु नै गल्ती’

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ ११ गते १७:३५

११ माघ, काठमाडौं। सुनसरीमा आयोजित तेस्रो बर्जु महोत्सवमा सुरक्षाकर्मीले बल प्रयोग गरेका कारण मानवीय क्षति टरेको सरकारी छानबिन समितिले निष्कर्ष निकालेको छ ।

सुरक्षाकर्मीले बल प्रयोग नगरेको भए थप अप्रिय घटना हुनसक्ने निष्कर्ष निकालिएको हो ।

गत २३ पुसदेखि भएको महोत्सवको अन्तिम दिन ४ माघमा भोजपुरी कलाकार खेसारीलाल यादवलाई बोलाइएको थियो । यादव दिउँसो १२ बजे आउने भन्दै मेला आयोजक समितिले अग्रिम टिक विक्री गरेको थियो । तर प्रशासनले उनलाई आउन अनुमति नदिएपछि आक्रोशित भिडले स्टेज तोडफोड तथा चारवटा सवारीसाधनमा आगजनी गरेको थियो ।

घटनापछि गृह मन्त्रालयको निर्देशनमा बनेको सहायक प्रमुख जिल्ला अधिकारी आनन्द पौडेल नेतृत्वको छानबिन समितिले आगजानी तथा तोडफोडको घटना योजनाबद्ध नभइ भिडको मनोविज्ञानकै कारण भएको निष्कर्ष निकालेको छ ।

समितिले छिमेकी मुलुकका लोकप्रिय कलाकारलाई ल्याउँदा उनको सुरक्षार्थ कतै सिफारिस नगरिएको पनि भनिएको छ । ‘सिफारिसमा उल्लेख नभएपनि कार्यक्रमलाई लोकप्रिय बनाउन आयोजक तथा प्रयोजनकले आफूखुशी यादवलाई आमन्त्रण गरेको देखिन्छ’ समितिको प्रतिवेदनमा भनिएको छ, ‘त्यसैले बिराटनगरमा आराम गरिरहेका उनलाई त्यहीँ रोकिएको थियो ।’

घटनामा यादव र उनको कलाकार समूहले चढेको दुई वटा गाडी र नम्बर नखुलेका २ वटा गरी चार वटा गाडीमा आगजनी भएको भनिएको छ ।

साथै, प्रतिवेदनमा कोभिड–१९ संक्रमणको व्यवस्थापन सम्बन्धी आदेशविपरीत छिमेकी देशका कलाकारलाई निमन्त्रणा दिनु पनि गलत भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?