+
+

नेपालीले खान्छन् वर्षमा ७ करोड चक्की सिटामोल !

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ ११ गते १८:४१

११ माघ, काठमाडौं । ज्वरो आयो, सिटामोल ! टाउको दुख्यो ? सिटामोल ! कोरोना महामारीकालमा झन् सिटामोलको महत्व बढेको छ । ओमिक्रोन भेरियन्टका कारण कोरोना महामारीको तेस्रो लहर चलिरहेका बेला नेपाली बजारमा सिटामोल अभाव देखिएको छ ।

नेपाल औषधि उत्पादक संघका अनुसार नेपाली बजारमा बार्षिक करिब ७ करोड चक्की पारासिटामोलको माग हुने गरेको छ । अहिले कोरोनाकालमा घरघरमा औषधि सञ्चय गर्ने भएकाले पनि सिटामोलको माग बढेको छ । यद्यपि नेपालमा खपत हुनेमध्ये झण्डै ९९ प्रतिशत सिटामोल नेपाली औषधि उद्योगहरुले नै पूर्ति गर्दै आएको संघले बताएको छ ।

संघका अनुसार नेपाल औषधि लिमिटेड बाहेककै स्वदेशी उद्योगहरुले पुस महिनामा ५०० मिलिग्रामको करिव ४३ लाख पारासिटामोलको चक्की बजारमा पठाएका छन् । माघ महिनाको दोस्रो सातामा ३५ लाख पठाइनेछ भने महिनाको अन्त्यसम्म अर्को ३५ लाख गरी ७० लाख चक्की बजारमा पठाउने लक्ष लिइएको संघले बताएको छ ।

२०७८ साल माघ १० को तथ्यांकअनुसार उद्योगहरुमा पारासिटामोल चक्की र यसको कच्चा पदार्थको मौज्दात सन्तोषजनक अवस्थामा छ । विश्व बजारमा कच्चापदार्थको मूल्य अत्याधिक बढेको भएपनि उपलब्धता रहेकाले आत्तिने अवस्था छैन, औषधि उत्पादक संघले भनेको छ, ‘हालको परिस्थितिमा कुनै पनि औषधिको अभाव नभएको अवगत गराउन चाहन्छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?