+
+

राष्ट्रिय सभा निर्वाचन : सातै प्रदेशमा सत्ता गठबन्धन अगाडि, प्रदेश १ मा झिनो अन्तर

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ १२ गते ७:४८

१२ माघ, काठमाडौं । आगामी फागुन २० गतेदेखि राष्ट्रिय सभामा रिक्त हुन लागेका १९ सदस्यका लागि आज सात वटै प्रदेशमा निर्वाचन हुँदै छ । नतिजा आजै सार्वजनिक हुने निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचनमा  हाल सरकारमा रहेका पाँच दलले गठबन्धन गरेका छन् । मधेश प्रदेशमा प्रमुख प्रतिपक्षी नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले गठबन्धन गरेका छन् । राप्रपाले प्रदेश १ मा बाहेक अन्त मतदान नगर्ने निर्णय गरेको छ ।

प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख÷उपप्रमुखको मतभार हेर्दा सत्ता गठबन्धन सात वटै प्रदेशमा अगाडि देखिएको छ ।

एमालेलाई प्रदेश १ मा आस

प्रदेश १ मा एमालेभन्दा सत्ता गठबन्धन १४४ मतभारले मात्रै अगाडि छ । एमाले नेताहरुले पनि अन्य प्रदेशमा हार्ने निश्चित भए पनि प्रदेश १ मा भने जित्न सकिने सम्भावना रहेको भन्दै प्रयास जारी राखेका छन् ।

प्रदेश १ मा प्रदेशसभा सदस्य ९३ जना (हाल ९२) र स्थानीय पालिका प्रमुख/उपप्रमुख २७४ (हाल २७२) गरी ३६४ मतदाता छन् । ३ सय ६७ मतदातामध्ये तीन सदस्य रिक्त छ ।

निर्वाचनमा प्रदेशसभा सदस्यको मतभार ४८ र स्थानीय तहका प्रमुख/उपप्रमुखको मतभार १८ हुन्छ ।

प्रदेश १ मा ५० प्रदेश सांसद र १२६ पालिका प्रमुख÷उपप्रमुख रहेको पाँच दलीय सत्ता गठबन्धनसँग ४ हजार ६६८ मतभार छ । ४१ प्रदेश सांसद र १४२ प्रमुख÷उपप्रमुख रहेको एमालेको मतभार ४ हजार ५२४ छ । यसरी एमाले सत्ता गठबन्धन भन्दा १४४ मतभारले मात्रै पछाडि छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?