
१२ माघ, काठमाडौं। धरानमा थप एक जना कोरोना संक्रमित पुरूषको मृत्यु भएको छ ।
सुनसरीको धरान नगरपालिका-१९ का २९ वर्षीय पुरूषको मृत्यु भएको हो ।
उनको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा मंगलबार साँझ ८:५५ बजे मृत्यु भएको हो ।
प्रतिष्ठानका अनुसार माघ ३ गते उनलाई कोरोना पुष्टि भएको थियो ।
मृतकमा लिभरसम्बन्धी समस्या थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4