+
+

सिरियामा ५०० भन्दा बढी आईएस लडाकूले गरे आत्मसमर्पण

रासस/एएनआई रासस/एएनआई
२०७८ माघ १२ गते १४:३१

१२ माघ,काठमाडौं । सिरियामा आतङ्ककारी घोषणा गरिएको समूह इस्लामिक स्टेट (आइएस) का ५०० भन्दा बढी लडाकूहरूले आत्मसमर्पण गरेका छन् । सरकारी अधिकारीहरूले दिएको जानकारीअनुसार उनीहरूले सिरियाली सुरक्षा फौज समक्ष आत्मसमर्पण गरेका हुन् ।

‘आत्मसमर्पण गर्ने विद्रोही लडाकूहरूको सङ्ख्या ५५० भन्दा धेरै रहेको छ,’ एक सरकारी अधिकारीले भने । आत्मसमर्पण गरेका सवै लडाकूहरू कारागारमा राखिएका थिए । यही जनवरी २० मा लडाकूहरूले अल हासाकाहमा रहेको अल सिनाअ कारागारमा आक्रमण गरेका थिए । त्यही बेलामा धेरै लडाकूहरूलाई सरकारी फौजले समातेर कारागारमा राखेको थियो ।

लडाकूहरुले जेलमा आक्रमण गर्दा लडाकू र सरकारी सुरक्षाकर्मीहरुका बीचमा भिडन्त पनि भएको थियो । लडाकूहरूसँग भिड्नका लागि १० हजार सरकारी सुरक्षाकर्मीहरू परिचालन गरिएको थियो । लडाकू र सुरक्षाकर्मीहरूका बीचमा देशका विभिन्न ठाउमा अहिले पनि बेला बेलामा भिडन्त हुने गरेकाले हजारौं मानिस विस्थापित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?