+
+

राष्ट्रियसभा सदस्य गोपाल बस्नेत : मतदाताले फ्लोर क्रस गरे, चिठ्ठाले जितायो

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ १२ गते १९:४६

१२ माघ, विराटनगर । राष्ट्रियसभा निर्वाचन अन्य प्रदेशमा सत्तारुढ गठबन्धनको जित सुनिश्चित जस्तै भएपनि प्रदेश १ मा कडा प्रतिस्पर्धा थियो । प्रमुख विपक्षी नेकपा एमालेले राप्रपासँग गठबन्धन गर्ने प्रयास पनि गरेको थियो, तर सफल भएन ।

त्यही कारण बुधबार मतदान हुँदै गर्दा सत्तारुढ गठबन्धनका उम्मेदवारहरुले जितको आश राखेका थिए । किनकी गठबन्धनसँग प्रदेश र स्थानीय तह गरी ४,६६८ मतभार थियो भने एमालेसँग ४,५२४ र राप्रपासँग १२० । तर जब मत गणना भयो, अनपेक्षित नजिता आयो । सत्तारुढ गठबन्धनबाट राप्रपा र एमाले दुबैतिर मत गएको देखिएको छ ।

त्यसका बाबजुद महिलातर्फ पाँचदलीय गठबन्धनबाट उम्मेदवार बनेकी एकीकृत समाजवादीकी जयन्ती राई निर्वाचित भइन् भने अल्पसंख्यकतर्फ एमालेका सोनाम गेल्जेन शेर्पा निर्वाचित भए ।

अन्यतर्फ गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका गोपाल बस्नेत र एमाले गुरु बरालले समान ४,४८८ मतभार प्राप्त गरे । राप्रपाका अमरबहादुर थापाले १६८ मतभार प्राप्त गरे । अर्थात सत्तारुढ गठबन्धनबाट एमालेसँगै राप्रपाका उम्मेदवारले पनि मत पाए ।

गोला तान्न डर लाग्यो

निर्वाचन आयोगका अनुसार दुई उम्मेदवारबीच बराबर मत आए गोलाप्रथाबाट विजेता चुन्नुपर्ने हुन्छ । कांग्रेसका बस्नेत र एमाले बरालबीच गोलाप्रथा हुने भयो ।

सुरुमा कांग्रेसका उम्मेदवार बस्नेतले गोल ताने, जसमा उनले राष्ट्रियसभा सदस्यको चिठ्ठा हात पारेका छन् । गोला जितेपछि बस्नेतले अनलाइनखबरसँग भने, ‘चिठ्ठा तान्नु छ, त्यो पनि २÷४ सयको भए पनि हुन्थ्यो । हजारौं, लाखौंमा पनि नपाइने सम्मानित राष्ट्रियसभा सदस्य पद । त्यसैले एकदमै डराएँ नि ।’

यद्यपि जे भएपनि निर्वाचनको परीक्षणलाई स्वीकार गर्छु भन्ने प्रण गरेर चिठ्ठा तानेको उनले सुनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?