+
+

पाँच दलीय गठबन्धनलाई निरन्तरता दिनुपर्छ : चित्रबहादुर केसी

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ १३ गते १२:५३

१३ माघ, काठमाडौं । राष्ट्रिय जनमोर्चाले पाँच दलीय गठबन्धनलाई आगामी दिनमा पनि निरन्रता दिनुपर्ने बताएको छ ।

बुधबार भएको राष्ट्रियसभा सदस्य निर्वाचनमा राष्ट्रिय जनमोर्चाका उम्मेदवार पनि विजयी भएपछि धन्यवाद दिन अध्यक्ष चित्रबहादुर केसीले जारी गरेको विज्ञप्तिमा पाँच दलीय गठबन्धनलाई निरन्तरता दिनुपर्ने बताएका हुन् ।

‘यस प्रकारको विषम राजनीतिक परिस्थितिमा प्रतिगमनका विरुद्ध कायम पाँच दलीय गठबन्धनलाई आगामी दिनहरूमा पनि निरन्तरता दिनु आजको आवश्यकता रहेको कुरामा पुनः जोड दिन चाहन्छौं’ केसीले विज्ञप्तिमा भनेका छन् ।

राष्ट्रियसभाको निर्वाचनमा पाँच दलीय गठबन्धनको संयुक्त प्रयासबाट नेकपा एमालेका उम्मेदवार पराजित हुनुले प्रतिगमनलाई परास्त गर्न र गणतन्त्रको रक्षाको संघर्षमा सहयोग पुगेको अध्यक्ष केसीले उल्लेख गरेका छन् ।

२०६२/६३ सालका उपलब्धिहरूलाई समाप्त गर्ने प्रयास भइरहेको भन्दै राष्ट्रिय जनमोर्चाले राजावादी शक्तिहरूले गणतन्त्रलाई समाप्त गर्न प्रयत्न गरिरहेका र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका हरेक क्रियाकलापलाई गणतन्त्र विरोधी शक्तिहरुले समर्थन गरिरहेको बताएको छ ।

‘…प्रतिगमनका लागि यी दुईटै धारा एक आपसमा मिल्ने खतरा बढिरहेको देखिन्छ । अर्कोतर्फ चुनावमा बहुमत ल्याएर संविधान संशोधन गरेर गणतन्त्रको नाममा देशमा फाँसीवाद कायम गर्न षड्यन्त्र भइरहेको छ’अध्यक्ष केसीले भनेका छन् । बुधबार १९ पदका लागि भएको राष्ट्रियसभा निर्वाचनमा लुम्बिनी प्रदेशबाट राष्ट्रिय जनमोर्चाका उम्मेदवार तुलप्रसाद विश्वकर्मा निर्वाचित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?