+
+
बैंकिङ शिक्षा १ :

बैंक खाता के हो ? यस्ता छन् बैंक खाताका प्रकारहरु

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ १३ गते १४:०३

बैंक भनेको वित्तीय मध्यस्तकर्ता हो । छरिएर रहेका पुँजीहरु बचतको रुपमा संकलन गरेर त्यसलाई बैंकले ऋणको रुपमा प्रवाह गर्छन । बैंकले आर्थिक कारोबारलाई सहज बनाइदिएको छ । बैंकर मनोज ज्ञवाली भन्छन्, ‘म काठमाडौं पढ्दा बुवाले गाउँको मान्छेको हातमा मेरा लागि गाउँबाट पैसा पठाइदिनुहुन्थ्यो, अहिले मोवाइल बैंकिङबाट एकिछिनै प्राप्त हुन्छ ।’ यस्तै सजिलो र सुरक्षित सेवा लिनका लागि बैंक खाता आवश्यक पर्छ ।

व्यक्ति वा संस्थाले बैंकबाट कारोबार गर्नका लागि दर्ता गरिने विवरण नै बैंक खाता हो । व्यक्ति वा संस्थाको रकम जम्मा गर्न बैंकहरुमा बचत खाता खोल्न सकिन्छ । यसरी खोलिएका खातबाट आफ्नो अनुकुलमा रकम राख्न वा झिक्न सकिन्छ ।

आफ्नो नजिकै रहेको बैंकको शाखा कार्यालयमा पुगेर वा घरमै बसेर अनलाइनबाट समेत बैंकको खाता खोल्न सकिन्छ । अहिले बैंकहरुले घरबाटै खाता खोल्न मिल्ने गरी अनलाइन सुविधाहरु ल्याएका छन् । सम्बन्धीत बैंकको वेबसाइटमा गएर अनलाइनबाटै खाता खोल्न सकिन्छ ।

बैंक खातामा रकम राख्नु पर्दा बैंकमा गएर भौचर भरेर वा डिजिटल माध्यमबाट घरमै बसेर पनि रकम जम्मा गर्न सकिन्छ । यसरी जम्मा गरिएको रकम कसैलाई भुक्तानी दिनु परे चेक मार्फत वा डिजिटल माध्यमबाट दिन सकिन्छ भने आफैले निकाल्नु पर्दा बैंकमा गएर वा एटिएमबाट निकाल्न सकिन्छ । चेक बुकबाट चेक खिचेर ग्राहकले आफ्नो खातामा जम्मा भएको मध्येबाट आफूलाई आवश्यक परे जति रकम नगदै झिक्न सकिन्छ ।

आफ्नो खातामा भएको विवरणहरु समय–समयमा लिन सकिन्छ । बैंक खातामा भएको विवरणबाट आफ्नो कारोवार, खातामा रहेको पैसा, सो वापत आर्जित ब्याज र ब्याज आर्जन वापत तिरेको कर रकमका बारेमा जानकारी मिल्दछ ।

बैंक खाताहरुका पनि प्रकार हुन्छन् । यीमध्ये चलनचल्तीमा रहेका खाताहरूमा चल्ती खाता, बचत खाता र मुद्दती खाता प्रमुख हुन् । राष्ट्र बैंकका अनुसार आपूmले चाहेको समयमा चाहेको जति रकम एकै दिनमा जतिसुकै पटक पनि राख्न तथा झिक्न सकिने खातालाई चल्ती खाता भनिन्छ ।

चल्ती खातामा बचत गरेको रकममा ब्याज पाइँदैन । कार्यालयहरूका लागि यो खाता बढी उपयोगी हुन्छ । बचत खातामा रकम जति पटक पनि जम्मा गर्न सकिन्छ तर एउटा निश्चित सीमाभित्र रहेर मात्र रकम झिक्न सकिन्छ । मुद्दती खातामा ६ महिना, १ वर्ष, २ वर्ष, ५ वर्ष वा सोभन्दा धेरै अवधिसम्मको एउटा निश्चित समयअवधि तोकेर रकम जम्मा गरिन्छ ।

सामान्यतया रकम जम्मा गरेको भुक्तानी अवधि समाप्त नभई मुद्दती खाताबाट रकम झिक्न पाइँदैन । मुद्दती खातामा रकम जम्मा गरे बचत खाताको चुलनामा धेरै ब्याज पाइन्छ । यसै गरी, पैसाको धेरै आवश्यक भएको अवस्थामा मुद्दती खातामा भएको रकमलाई नै धितो राखेर उक्त रकमको नब्बे प्रतिशतसम्म ऋण लिन पनि सकिने व्यवस्था समेत रहेको राष्ट्र बैंकले बताएको छ ।

(अनलाइनखबर डटकम र हिमालय टेलिभिजनबाट सर्वसाधारणलाई वित्तीय सेवा सम्बन्धमा जानकारी गराउने अभियानको नाम हो– बैंकिङ शिक्षा । बैंकिङ प्रणाली र वित्तीय सेवाका सम्बन्धमा तपाईका कुनै जिज्ञासा वा प्रश्न छन् भने हामीलाई कमेन्ट बक्समा पठाउनुहोस्,  हामी तपाईका जिज्ञासा समाधान गर्ने कोशिस गर्नेछौं– सं ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?