+
+

चिकित्सा शिक्षा आयोगका उपाध्‍यक्षको गाडीमा आक्रमण

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ १३ गते १७:५९

१३ माघ, काठमाडौं। चिकित्सा शिक्षा आयोगका उपाध्‍यक्ष प्रा.डा. श्रीकृष्ण गिरीको गाडीमा अज्ञात समूहले आक्रमण गरेको छ ।

निवासबाट कार्यालय जाँदै गर्दा बिहीबार बिहान ११ बजे काँडाघारीमा अज्ञात समूहले ढुंगा प्रहार गरी आक्रमण गरेको आयोगले विज्ञप्ति प्रकाशन गरी जनाएको छ ।

आक्रमणबाट गाडीको पछाडिको भागको सीसा फुटेको छ । उक्त आक्रमणको घटनाको आयोगले विरोध जनाउँदै संलग्‍नमाथि कारबाहीको माग गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘ राष्ट्रिय चिकित्सा ऐन तथा नियमावलीको प्रावधानभित्र रहेर निष्पक्ष र निष्ठापूर्वक उच्च मनोबलका साथ सेवा प्रवाह गरिरहेको अवस्थामा यस प्रकारको जघन्‍य घटनाको आयोग घोर भर्त्सना गर्दछ । साथै उक्त कार्यमा संलग्न व्‍यक्ति/समूहको पहिचान गरी कडा भन्दा कडा कारबाही गर्न आयोग नेपाल सरकार समक्ष अनुरोध गर्दछ ।’

हेर्नुस् चिकित्सा शिक्षा आयोगले जारी गरेको विज्ञप्ति

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?