+
+

न्याय सेवा आयोगको बैठक बोलाइयो

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ १३ गते २१:०९

१३ माघ, काठमाडौं । शुक्रबार २ बजेका लागि न्याय सेवा आयोगको बैठक बोलाइएको छ । जिल्ला न्यायाधीशको परीक्षाको नतिजाबारे छलफल गर्न बैठक बोलाइएको स्रोतको भनाइ छ ।

आयोगमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, कानून, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडु, सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की, महान्यायाधिवक्ता खम्मबहादुर खाती र लोक सेवा आयोगका अध्यक्ष माधव रेग्मी सदस्य छन् ।

कानुनमन्त्री बडुलाई कोरोना संक्रमण भएका कारण उनी सहभागी हुने सम्भावना छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?