+
+

कञ्चनपुरमा लागूऔषधसहित तीनजना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ १४ गते १२:३०

१४ माघ, धनगढी । कञ्चनपुरमा लागूऔषधसहित तीनजना पक्राउ परेका छन् । दोधारा चाँदनी नगरपालिका-७ को डम्बर चौराहबाट लागूऔषधसहित तीनजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पक्राउ पर्नेमा दोधारा चाँदनी नगरपालिका–७ बाबाथान बस्ने २४ वर्षीय विवेक रानामगर, २० वर्षीय रोकी भन्ने राहुल रानामगर र १८ वर्षीय किरोज भन्ने मुस्कान शाही रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) चक्रबहादुर शाहले जानकारी दिए ।

उनका अनुसार उनीहरूको साथबाट चार ग्राम ८५० मिलिग्राम लागूऔषध खैरो हिरोइन बरामद गरिएको छ भने दोधारा चाँदनी नगरपालिका-७ डम्बर चौराहका प्रेम बडुवालको घरबाट उनीहरूले चोरी गरेको म २ प ५०८१ नम्बरको मोटरसाइकल पनि बरामद गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?