+
+

बैतडीको मेलौली नगरपालिकामा अत्यावश्यकबाहेकका सेवा बन्द

कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि बैतडीको मेलौली नगरपालिकाका सेवा बन्द गरिएका छन् । नगरपालिकामा कार्यरत पाँच कर्मचारीमा कोरोना देखिएपछि शुक्रबारदेखि अत्यावश्यकबाहेकका सबै सेवा बन्द गरिएका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ १४ गते १३:५२

१४ माघ, बैतडी ।  कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि बैतडीको मेलौली नगरपालिकाका सेवा बन्द गरिएका छन् । नगरपालिकामा कार्यरत पाँच कर्मचारीमा कोरोना देखिएपछि शुक्रबारदेखि अत्यावश्यकबाहेकका सबै सेवा बन्द गरिएका हुन् ।

नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सपना कार्कीका अनुसार अर्को सूचना जारी नभएसम्मका लागि अत्यावश्यक बाहेकका सेवा बन्द गरिएका हुन् । एन्टिजेन विधिमार्फत कोरोना परीक्षण गरिँदा नगरपालिकामा कार्यरत पाँच कर्मचारीमा सङ्क्रमण पुष्टि भएको हो ।

यसअघि मेलौली नगरपालिकास्थित केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत चार कर्मचारीमा कोरोना पुष्टि भएपछि अत्यावश्यक बाहेकको सेवा बन्द गरिएको थियो ।

बैतडी जिल्ला अदालतले पनि कर्मचारीमा कोरोना देखिएपछि यही माघ १८ गतेसम्मका लागि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेको छ ।

यसैबीच जिल्ला अस्पताल बैतडीमा तत्कालका लागि दन्त सेवा बन्द गरिएको छ । दन्त सेवा विभागमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएकाले अर्को सूचना जारी नभएसम्मका लागि दन्त सेवा बन्द भएको अस्पतालले जनाएको छ ।

कोरोना भाइरसको सङ्क्रमण तीव्र गतिमा फैलिन थालेकाले स्वास्थ्यका मापदण्ड अपनाउन आग्रह गरिएको छ । भारतसँग सीमा जोडिएको जिल्लामा हालसम्म कोरोना सङ्क्रमणका कारण १९ जनाको मृत्यु भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?