
१४ माघ, वीरगञ्ज। वीरगञ्जमा कोरोना संक्रमणबाट थप एक जना महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा वीरगञ्ज महानगरपालिका-२७ का ६५ वर्षीया महिला रहेका छन् ।
माघ ७ गते अस्पताल भर्ना भएकी उनको शुक्रबार बिहान साढे ७ बजे मृत्यु भएको नारायणी अस्पतालले जनाएको छ । माघ ७ गते नै गरिएको एन्टीजेन परीक्षण गर्दा उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।
अस्पतालका कोभिड संयोजक डाक्टर उदय नारायण सिंहका अनुसार पखाला लागेर उनलाई अस्पताल ल्याइएको थियो । उपचारपछि उनको अवस्थामा सुधार आइरहेको थियो । कोरोना भाइरस विरुद्ध भेरोसेल खोपको दुवै मात्रा लगाए पनि उनमा कोरोना संक्रमण देखिएको थियो।
नारायणी अस्पतालमा हाल ४ जना महिला सहित १४ जना कोरोना संक्रमित उपचाररत छन् । जसमध्ये ८ जना अक्सिजनमा र एक जना भेन्टिलेटरमा छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4