+
+

लुम्बिनी प्रदेशसभा भवन पुरानै डिजाइनमा बन्ने

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ १५ गते १२:२४

१५ माघ, दाङ । लुम्बिनी प्रदेशसभा भवन पुरानै डिजाइन बन्ने भएको छ ।

प्रदेश पूर्वाधार विकास प्राधिकरणले पुरानो डिजाइन परिवर्तन गर्नुपर्ने भन्दै अर्थ मन्त्रालयसँग थप ३ करोड बजेट मागेको थियो । तर मन्त्रालयले स्वीकृति नदिएपछि पुरानै डिजाइनमा निर्माण गर्न लागिएको हो ।

अर्थले बजेट नदिएको भन्दै दाङ देउखुरीमा जारी भवन निर्माणको काम एक महिनायता रोकिएको थियो । अब प्रदेश सरकारले पुरानै डिजाइनमा बनाउन निर्देशन दिएपछि भवन निर्माणको काम गत बिहीबारदेखि पुनः सुरु भएको प्राधिकरणले जनाएको छ ।

प्रदेशसभा भवनमा सभाहलसँगै भीआईपी कक्ष, मर्यादा पालकका कोठा गरी १४ वटा कोठाहरू रहनेछन् । कुल पाँच करोड २१ लाख रुपैयाँ लागतमा निर्माण भइरहेको प्रदेश सभा भवनको काम महिना दिनभित्र सक्ने योजना प्राधिकरणको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?