+
+

सरकारले शिक्षासम्बन्धी ३ वटा कानुन बनाउँदैछ : राज्यमन्त्री श्रेष्ठ

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ १५ गते १२:५१
राज्यमन्त्री उमेश श्रेष्ठ । फाइल तस्वीर

१५ माघ, काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले शिक्षा क्षेत्रमा लगानीको वातावरण बढाउने गरी कानूनी व्यवस्था गर्ने बताएका छन् ।

शनिबार काठमाडौंको सानो भर्‍याङस्थित स्वस्तीश्री गुरुकुल विद्यालयले आयोजना गरेको एक कार्यक्रमलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै श्रेष्ठले विद्यालय तह, प्राविधिक शिक्षालय र उच्च शिक्षासम्बन्धी छुट्टाछुट्टै कानुन बनाउन लागेको जानकारी दिए । ती कानुन बनेपछि शिक्षा क्षेत्रमा लगानी गर्ने वातावरण अझ बढी बन्ने उनको दाबी छ ।

राज्यमन्त्री श्रेष्ठले भने, ‘अब संघीय कानुन बनिसकेपछि तीन वटा कानुन बन्दैछ । एउटा स्कुल लेभलको कानुन । टेक्निकल शिक्षाको कानुन र उच्च शिक्षाको काननु बन्छ । त्यो बनिसकेपछि शिक्षा क्षेत्रमा लगानी गर्ने वातावरण अझ बढी बन्छ । त्यो कुराको अपेक्षा गरौं । यस कुरामा म तपाईंहरुलाई आश्वस्त पनि गराउन चाहन्छु ।’

राज्यमन्त्री श्रेष्ठले शिक्षा र स्वास्थ्य क्षेत्रमा सबैको पहुँच पुर्याउने काममा सरकार लागिपरेको पनि बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?