+
+

केवल विवाहित पुरुषसँग सम्बन्ध राख्ने महिला : पत्नी होइन, प्रेमिका बन्ने शोख

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ १५ गते १९:०२

विवाहेत्तर सम्बन्ध अवैध हुन्छ । तर संसारमा लुकिछिपी यस्तो सम्बन्धमा रमाउने महिला तथा पुरुषहरु थुप्रै छन् । एकजना महिला त यस्ती छिन् जसलाई केवल विवाहित पुरुषसँग मात्र अफेयर चलाउन मज्जा आउँदछ ।

ती महिलालाई पुरुषसँग विवाह गर्ने कुनै इच्छा छैन । उनी कसैको पत्नी बन्न पनि चाहँदैनिन् । उनी केवल विवाहित पुरुषकी गर्लफ्रेण्ड बन्न चाहन्छिन् ।

बेलायतमा बस्ने ग्वेनेथ ली आफुलाई विवाहित प्रेमीका पत्नीहरुले आफै फोन गरेर बोलाउने गरेको दाबी गर्दछिन् । उनीहरु आफ्नो पतिको हालत बताउँछन् र आफ्नो पतिसँग रोमान्स गरिदिनका लागि दबाब दिने तथा अनुरोध गर्ने गर्दछन् ।

ग्वेनेथ आफैले आफुलाई सिरियल चिटर भन्छिन् । आफुलाई कुनै महिलाको पतिसँग बस्दा कहिलैपनि पश्चाताप नभएको उनी बताउँछिन् । विवाहित पुरुषका पत्नीहरु आफै आफुसँग साथी बन्न आउने गरेको उनको दाबी छ ।

ग्वेनेथ अहिले ४९ वर्षकी छिन् । उनी अमेरिकाको क्यालिफोर्निया र बेलायतको लण्डन आवतजावत गरिरहन्छिन् । एकदिन नशाले मग्न भएकी एकजना महिलाले उनको लोग्नेको मोबाइलमा आफ्नो नम्बर भेटिएको भन्दै फोन गरेर आफुलाई बोलाएको र गाली गर्नुको साटे उल्टै रक्सी पिउन बोलाएको र त्यसरी ड्रिंक्स गर्ने बेलामा उनको पतिपनि सँगै रहेको उनको रोचक अनुभव छ ।

आफ्ना विवाहित प्रेमीहरुका कतिपय पत्नीहरुले आफुलाई लोग्ने चोर्ने महिला भनेर भन्ने गरेको उनी बताउँछिन् । तर यस्तो नामले चिनिँदा उनलाई कुनै फरक पर्नेवाला छैन । उनी इच्छा नै विवाहित पुरुषसँग सम्बन्ध कायम गर्नु छ । कतिपय पुरुषहरु आफ्नो विवाहित जिवनबाट दिक्क भएका हुन्छन् जसका कारण नचाहँदा नचाहँदै पनि विवाहेत्तर सम्बन्ध राख्न चाहन्छन् । यस्तै बाहिरवालीको खोजी गरिरहेका पुरुषसँग ग्वेनेथले सम्बन्ध कायम गर्दछिन् । आफुसँगको सम्बन्धका कारण विवाहित पुरुषहरुको दाम्पत्य जिवन टुंगिनबाट बच्ने गरेको उनको अनुभव छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?