+
+

म्युजिक भिडियोका लागि उपासनाले मागिन् ५ लाख पारिश्रमिक

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ १६ गते ११:५०
अभिनेत्री उपासना सिंह ठकुरी । फाइल तस्वीर

१६ माघ, काठमाडौं । दुई वर्षदेखि विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारी कहिले सकिन्छ टुंगो छैन । जसका कारण चलचित्रको काम पनि लयमा फर्किन सकेको छैन । चलचित्रका लागि कलाकारहरु अनुबन्धित भइरहेपनि उनीहरुले काम भने गर्न पाएका छैनन् ।

चलचित्रको काम शुरु नहुँदा अधिकांश कलाकारका लागि म्युजिक भिडियो दर्शकमाझ पुग्ने र आर्थिक लाभ गर्ने राम्रो माध्यम पनि बनेको छ । तर केही कलाकारले भने म्युजिक भिडियोमा काम गर्ने मन बनाएका छैनन् । अनमोल केसी, प्रदीप खड्का, जसिता गुरुङ, धिरज मगर, उपासना सिंह ठकुरी लगायतका कलाकारले भिडियोमा काम गरेका छैनन् ।

तर भिडियोमा काम नगरेका कलाकारले पारिश्रमिक भने चर्को माग्ने गरेका छन् । अभिनेत्री उपासना सिंह ठकुरीले हालै मात्र एक म्युजिक भिडियोका लागि ५ लाख रुपैयाँ पारिश्रमिक मागेको खबर बाहिरिएको छ ।

उपासनाले ५ लाख मागेपछि निर्माण टिम उनलाई भिडियोमा नलिने निर्णयमा पुगेको छ । उपासना चलचित्रकी व्यस्त अभिनेत्री हुन् ।

उपासनाले भिडियोमा काम नगर्ने मनसाय बनाएर चर्को पारिश्रमिक मागेकी हुन् वा उनले भिडियोमा काम गरेको मूल्य नै ५ लाख तोकेकी हुन्, यो भने उनैलाई थाहा होला । केही समयअघि अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले पनि भिडियोमा काम गरेको ५ लाख पारिश्रमिक मागेको खबर बाहिरिएको थियो ।

साम्राज्ञीले काम गरेका भिडियोले युटुबमा भ्युज नै बटुल्न नसकेपछि भिडियो मेकरहरु उनीसँग काम नगर्ने सोचमा पुगेको देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?