+
+

बागमती किनारमा बनाइएका घर टहराहरु हटाइने   

रासस रासस
२०७८ माघ १६ गते १३:०५
थापाथली क्षेत्रमा बागमती किनारको सुकुम्बासी वस्ती ।

१६ माघ, काठमाडौँ । गुह्येश्वरीदेखि थापाथली पुलसम्मको वाग्मती नदी किनारका दायाँबायाँ बनेका अस्थायी र स्थायी संरचना सात दिनभित्र हटाउन अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले सार्वजनिक सूचना जारी गरेको छ ।

समितिको आयोजना उपप्रमुख अमित रञ्जितले सूचना जारी गरी नदी किनारमा बनेका अस्थायी संरचना तीन दिनभित्र र स्थायी संरचना सात दिनभित्र हटाउन आग्रह गरेका छन् ।

यसअघि पनि यस्ता संरचना हटाउन पटकपटक सार्वजनिक सूचना जारी गरी जानकारी गराइएकामा त्यसको बेवास्ता भएकाले पुनःसूचना प्रकाशन गर्न बाध्य हुनुपरेको समितिले जनाएको छ ।

तोकिएको समयभित्र अनधिकृत संरचना नहटाएमा समितिले आफैँ भत्काउने र लागेको खर्च संरचना निर्माण गर्ने व्यक्ति एवं पक्षबाट सरकारी बाँकी सरह उठाइने पनि सूचनामा उल्लेख गरिएको छ ।

समितिले यसअघि गोकर्णबाट गुह्येश्वरीसम्मको नदी किनारमा बनेका करिब चार दर्जन स्थायी एवं अस्थायी संरचना पनि हटाएको थियो ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?