+
+

मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ १६ गते १७:०१

१६ माघ, बुटवल । प्युठानमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

प्युठानको माण्डवी गाउपालिका-३ लामाचौरमा रा५प ६८८६ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकलको पछाडि बसेका स्थानीय अन्दाजी १८ वर्षीय किरण खनालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख, प्रहरी नायब उपरीक्षक सत्यनारायण थापाले जानकारी दिए ।

खनालको जिल्ला अस्पताल बिजुवारमा उपचारका क्रममा मृत्यु भएको थापाले बताए । दाङको भालुबाङबाट रोल्पातर्फ जाँदै गरेको ना ४ ख ३९९६ नम्बरको यात्रुबाहक बससँग साँघुरो बाटोमा जम्काभेट भएपछि नियन्त्रण गर्न नसक्दा मोटरसाइकल नालीमा परेर दुर्घटना भएको प्रहरीले बताएको छ ।

बस र मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। मृतकका आफन्तले क्षतिपूर्तिको माग गर्दै जसपुर-भिङग्री सडकखण्ड अवरुद्ध गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?